काठमाडौँ । २०८२ साल कार्तिक २ गते आइतबार, तदनुसार १९ अक्टोबर २०२५ । त्रयोदशी तिथी १९ घडी ३४ पला चतुर्दशी तिथी प्रारम्भ हुनेछ । उत्तर फाल्गुणी नक्षत्र ३२ घडी ० पला उप्रान्त हस्ता नक्षत्र प्रारम्भ हुनेछ । ऐन्द्र योग भर करण आज बिहान सूर्योदय ६:०७ मा भयो भने सूर्यास्त साँझ ५:२९ मा हुनेछ। आज आइतबार चन्द्रमा कन्या राशिमा ।
मेष राशि
अनावश्यक विवाद बढेर जानेछ । लेखन शैलीमा कमी आउनेछ। मानसम्मानमा अघात पुग्नेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ ।
वृष राशि
अध्ययनमा बाधा आउनका साथै बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ। राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।
मिथुन राशि
बोलीको प्रभाव बढेर जानेछ। मातृ स्वास्थ्यमा सुधार भएर जानेछ। फसेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। पठनपाठनमा असफलता पाउनाले मनमा चिन्ता बढेर जानेछ।
कर्कट राशि
पराक्रम बढेर जानेछ । पारिवारिक योगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । सामाजिक काममा सहभागी हुने अवसर जुट्नेछ। शैक्षिक क्षेत्रमा सफलता पाइने योग छ।
सिंह राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । राजनीतिमा तपाईँलाई अगाडि लगाएर अर्काले फाइदा लिन सक्नेछन् । भौतिक साधनबाट घाटा बेहोर्नुपर्ने देखिन्छ। अनावश्यक खर्चको मात्रा बढेर जानेछ।
कन्या राशि
मानसम्मानमा बृद्धि भएर जानेछ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ । पराक्रममा बृद्धि हुनुका साथै साथीभाइको सरसहयोग मिल्नाले मनमा उत्साह बढेर जाने देखिन्छ ।
तुला राशि
चोटपटकको सम्भावना बढेर गएकाले सवारी साधनबाट जोगिनु पर्नेछ। पारिवारिक कलह बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ ।
वृश्चिक राशि
सामाजिक काममा अग्रसर भइनेछ। बाेलीमा मिठास छाउनेछ। लेखन शैलीमा तीव्रता आउनेछ। अधुरा काम पूरा हुनुका साथै न्यायिक क्षेत्रमा सफलता पाइने योग छ।
धनु राशि
आयमा कमी विद्यामा बाधा आउने देखिन्छ । दाम्पत्य जीवनमा कलह बढेर जाने योग छ। स्थायी सम्पत्तिमा अनावश्यक विवाद बढेर जाने योग छ । न्यायिक कार्यमा बाधा आउनेछ।
मकर राशि
वैदेशिक कार्यमा सफलता पाइने योग छ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। अनावश्यकरुपमा धनलाभ मिल्नाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
कुम्भ राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। अनावश्यक विवादको अन्त्य भएर जानेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ।
मीन राशि
अधुरा कामहरू पूरा हुनुका साथै नयाँ काम पाइने योग छ । पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिने छ । पारिवारिक सरसहयोग प्राप्त हुने देखिन्छ।
प्रतिक्रिया