• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

चाडपर्वमा सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालित

चाडपर्वमा सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालित

काठमाडौँ । चाडपर्व सुरक्षाका लागि नेपाल प्रहरीले देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको बताउनुभयाे । उहाँका अनुसार सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको पनि प्रयोग गरिने छ । यस्तै सादा पोसाकमा पनि प्रहरी परिचालन हुनेछन् । काठमाडौँ उपत्यकामा मात्रै छ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने र आवश्यकताअनुसार थप जनशक्ति परिचालन हुने गरी तयारी गरिएको छ ।

सवारी साधनको आवागमन सहज बनाउने तथा चाडपर्वमा हुने भेला, जमघटमा मदिरा खाएर होहल्ला, झगडा गर्ने तथा चोरी तस्करीलगायत आपराधिक घटना बढी हुने भएकाले त्यसतर्फ विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, कालोबजारी र तोकिएभन्दा बढी सावारी भाडा लिनेलगायत गतिविधिको पनि निगरानी भइरहेको प्रहरीले जनाएको छ ।राससकाे सहयाेगमा



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ११, शनिबार १४:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP