• २०८३ असार ३२ | Thu, 16 Jul 2026

दशैंमा नेपाली राजदूतावास तथा नियोगहरू दुई दिन बन्द हुने

दशैंमा नेपाली राजदूतावास तथा नियोगहरू दुई दिन बन्द हुने

काठमाडौं । विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू दशैंमा दुई दिन बन्द हुने भएका छन् । दूतावासहरूले सूचना जारी गर्दै दुई दिन बन्द रहने जनाएका हुन् ।

सूचना अनुसार असोज १५ गते नवमी र १६ गते दशैंको टीकाको दिन दूतावासहरू बन्द रहने छन् ।

नेपाल राजपत्रमा २०८१ फागुन १५ गते गृह मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार विदेशस्थित नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरूसमेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैंले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरेको थियो ।

दशैं बिदामा दूतावास बन्द रहेपनि अत्यावश्यक काम परेको खण्डमा काम गर्न सकिने दूतावासहरूले जनाएका छन् । संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले भने तीन दिन बिदा दिएको छ । अन्य दूतावासहरूले भने आवश्यकताका आधारमा बिदाको व्यवस्था गरेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १४, मंगलवार १०:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP