• २०८३ असार ३१ | Wed, 15 Jul 2026

महाभारत गाउँपालिकाका अध्यक्ष जिम्बाद्वारा मन्त्री घिसिङलगायतसँग सहयाेगकाे माग

महाभारत गाउँपालिकाका अध्यक्ष जिम्बाद्वारा मन्त्री घिसिङलगायतसँग सहयाेगकाे माग

काभ्रे । विपदबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणका लागि तत्कालै राहतकाे अनुराेधसहित बाढीप्रभावित काभ्रेकाे महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले संघीय सरकारका मन्त्री कुलमान घिसिङलगायतसँग भेट गर्नुभएकाे छ।

ऊर्जा सहरी विकास तथा भौतिक याेजना मन्त्री कुलमान घिसिङसँगको छलफलमा तत्कालै बीपी राजमार्ग खोल्ने, रोशी खोलाको थान्सिङबेँसीमा तत्कालका लागि बेलीबृज राख्ने र दीर्घकालका लागि पक्की पुल राख्ने विषयमा भएकाे छलफल अत्यन्तै सकारात्मक भएकाे अध्यक्ष जिम्बाले बताउनुभयाे ।

यस्तै बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग पनि भेट र छलफल भएकाे छ । उहाँसँगकाे छलफलमा विपदबाट क्षतिग्रस्त संरचनाहरु पुनःनिर्माण तथा राहत उद्दारका लागि स्थानीय तहहरुबाट तत्कालै विवरण संकलन गरी विवरणअनुसार नै राहत तथा पुनःनिर्माणका लागि आवश्यकता अनुसार सहयोग गर्ने विषयमा छलफल भएकाे छ।

उता राष्ट्रिय विपद् जोखिम प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टसँग पनि विपदबाट क्षतिग्रस्त निजी घर पुनःनिर्माण तथा तत्काल अस्थायी आवास निर्माण गर्ने विषयमा छलफल भएकाे अध्यक्ष जिम्बाले जानकारी दिनुभयाे ।

सबै छलफलमा सकारात्मक सल्लाह भएकाे र सहयाेगकाे अपेक्षा गरिएकाे उहाँले बताउनुभयाे । गत असाेज १७ देखि १९ गतेसम्मकाे अविरल वर्षाले महाभारत गाउँपालिकाबाट सदरमुकाम जाेड्ने सबैखाले सडकहरु अवरुद्ध भएका छन् । पालिकामा विजुली पनि अवरुद्ध भएकाेमा अहिले सुचारु गराउन काम भइरहेकाे छ ।

बीपी राजमार्ग खुलाउन स्थानीय तहहरुबीच सहमति भइ काम शुरु भइरहेकाे अवस्थामा प्रदेश र संघीय सरकारबाट सहयाेगकाे मागसहित अध्यक्ष जिम्बाले भेटघाटलाई तिव्रता दिनुभएकाे हाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २२, बुधबार १५:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP