• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रतिनिधिसभा निर्वाचनः प्रारम्भिक मतपरिणाम आउन थाले, रास्वपाकाे अग्रता, पछ्याउँदै पुराना दल

प्रतिनिधिसभा निर्वाचनः प्रारम्भिक मतपरिणाम आउन थाले, रास्वपाकाे अग्रता, पछ्याउँदै पुराना दल

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन थालेका छन् ।काठमाडौँ उपत्यकाका काठमाडौँ र भक्तपुर जिल्लाका केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् । चितवन, बाँके र सुदुरपश्चिमका केही क्षेत्रहरुमा पनि गणना सुरु भएकाे छ ।

देशका अन्य स्थानमा मतपेटिका संकलन ढिला भएका कारण मतगणना सुरु बाँकी छ।

प्राप्त पछिल्लाे जानकारी अनुसार शुक्रबार बिहानसम्म ३६ वटा निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

तीमध्ये ३१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन् । नेपाली कांग्रेसले ३ र नेकपा एमालेले २ स्थानमा अग्रता लिएका छन् ।

अन्य धेरै निर्वाचन क्षेत्रमा भने मतपेटिका संकलन तथा सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयहरूले जनाएका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २२, शुक्रबार ००:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP