• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेकाे निर्णय

मंसिर अन्तिम साता महाधिवेशन गर्ने एमालेकाे निर्णय

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको ११ औं महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ। भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्ताे निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक आइतबार सम्पन्न भएको छ । महाधिवेशनको स्थानबारे भने तय भइनसकेको उहाँको भनाइ छ । मुलुकको लोकतन्त्र र संविधानको रक्षाका लागि एकतावद्ध भएर लाग्न एमालेले सबैमा आव्हान गरेको छ।

असोज २९ देखि ३१ गतेसम्म बस्ने तयारी भएको एमाले केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनबारे थप निर्णय लिने उपमहासचिव ज्ञवालीले बताउनुभयो । प्रतिनिधिसभाको विघटन अवैधानिक रुपले गरिएकाले यसको पुनर्स्थापनामा एमाले रहेको बताउँदै उहाँले बताउनुभयाे ।

दुई दिनको बैठकमा जिवन्त ढंगले छलफल भएको बताउँदै उहाँले आगामी महाधिवेशनले पार्टीलाई थप एकतावद्ध बनाउने दाबी गर्नुभयो । नेताहरुमाथि प्रतिशोध साँध्ने अवस्थामा सरकार अघि बढेकाले सरकार निर्वाचन गराउने बाटोमा छैन भन्ने अनुमान लगाउन सकिन्छ भन्दै उहाँले लोकतन्त्रमा दलहरुलाई साथमा नलिएर निर्वाचन सफल हुन नसक्ने बताउनुभयो ।

एमालेको दशौं महाधिवेशन २०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनमा सम्पन्न भएको थियो । ११ औं महाधिवेशनको स्थानबारेमा केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २७, सोमबार ०१:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP