• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

पाँचखालमा निर्माण हुने विशेष औद्योगिक क्षेत्रको डिपिआर तयार गर्न समझदारी

पाँचखालमा निर्माण हुने विशेष औद्योगिक क्षेत्रको डिपिआर तयार गर्न समझदारी

काठमाडौँ। काभ्रेको पाँचखालमा निर्माण योजना रहेको पाँचखाल विशेष आर्थिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न समझदारी भएको छ । यसका लागि लगानी बोर्ड र नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनीबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको हाे।

समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्रस्तावक कम्पनी नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडका आधिकारिक प्रतिनिधि यिन लिउबिङले हस्ताक्षर गर्नुभएको छ । समझदारी अनुसार प्रस्तावक कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपछि करिब १० महिनाभित्रमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी बोर्डको कार्यालयमा पेस गर्ने छ ।

हस्ताक्षर समारोहमा प्रस्तावक कम्पनीका आधिकारिक प्रतिनिधि यिन लिउबिङले याे परियोजना सफल बनाउन सक्दो पहल गर्ने बताउनुभयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले निर्दिष्ट समयमा गुणस्तरीय प्रतिवेदन तयार हुने र सबै मापदण्ड पूरा गरी परियोजना अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रस्तावक कम्पनी नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेड चीनको कानुन अन्तर्गत स्थापित हेहेहुई ग्रुप कम्पनी लिमिटेडको पूर्ण स्वामित्व रहेको कम्पनी हो । कम्पनीले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालनका लागि २०८१ चैत २८ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेको थियो । ६५ औँ बोर्ड बैठकले प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २, मंगलवार ०३:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP