काठमाडौँ। दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी “जीवित रहेको प्रमाण फेला नपरेको” औपचारिक जानकारी इजरायली सेनाले गराएको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन्।
बन्धक बनाइएकामध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको हमासले जनाएको छ। इजरायल र हमासबीच सङ्घर्षविराम भएपछि सोमबारदेखि बन्धकहरू मुक्त गर्न थालिएको छ। हमासले पहिलो खेपमा सात इजरायली नागरिक आफूलाई हस्तान्तरण गरेको इजरायली सेनाले पुष्टि गरेको छ।
तर विपिन जोशी जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए। “केही थप आयो र चमत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा। नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज दिएका हुन्,” उनले भने।
हमासले उपलब्ध गराएको सूची इजरायल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए। हामीले याे समाचार बीबीसी न्यूज नेपालीबाट लिएका हाैं ।
विपिन जोशीबारे इजरायलले दिएको पछिल्लो जानकारीबारे इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गर्नुभएको कुराकानीः
Facebook VideoLoading video...
प्रतिक्रिया