• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्रामसहित इलाम सन्दकपुर गाउँपालिका-२ बस्ने २२ वर्षीय प्रोमिश राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.०१-००२ ख ०९४६ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापा, कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० ग्राम ५ सय २० मिलिग्रामसहित झापा गाउँपालिका-६ बस्ने २२ वर्षीय साफिक उल मियासमेत २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले झापाबाट सुरूङ्गातर्फ आउँदै गरेको बिआर ३७ आर १८६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित पटेर्वा सुगौली गाउँपालिका-५ बस्ने २४ वर्षीय गौरी शंकर राउतलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ४, शुक्रबार १२:१९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP