• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आज कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?, यस्ताे छ माैसम पूर्वानुमान

आज कहाँ कहाँ छ पानी पर्ने सम्भावना ?, यस्ताे छ माैसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै नेपालको पूर्वीभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका हिमाली भागमा साधारणतया बादल तथा बाँकी भागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । तराई भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपात साथै बाँकी तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २४, बिहीबार ०६:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP