• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज केही प्रदेशमा भारी वर्षाकाे सम्भावना

आज केही प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखाको समेत प्रभाव रहेको छ । त्यसैले केही दिनदेखि मौसममा बदली र वर्षा भइरहेको छ ।

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली र पहाडी भागका केही स्थान तथा तराई क्षेत्रका भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी, असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ/हावाहुरी/असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २१, सोमबार ००:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP