काठमाडौँ । नेपाल लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकपका लागि छनोट भएको छ ।
आज सम्पन्न सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामोआलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेसँगै नेपाल र ओमानले दुई खेलअघि नै विश्वकपका लागि स्थान बनाएका हुन् ।
नेपाल र ओमान अहिलेसम्म सुपर सिक्समा ६ अंकसहित क्रमश: दोस्रो र पहिलो स्थानमा छन् । यी दुई टीमबीच आजै हुने खेलको विजेता टोली शीर्ष स्थानमा उक्लिने छ। नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने तालिका छ।
२०२६ को टी-२० विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुँदैछ। नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकपमा सहभागिता जनाउन लागेको हो ।
प्रतिक्रिया