काठमाडाैँ । आफूखुशी मोटरसाइकलको स्वरुप परिवर्तन गर्दै हुनुहुन्छ ? यदि त्यसाे हाे भने प्रहरीकाे फन्दामा परिएला नि।
उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडाैंले यसरी स्वरुप परिवर्तन गर्ने दुई सय वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएकाे छ।
यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीले पनि स्वरुप परिवर्तन गरिएका १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिएकाे छ ।
मोटरसाइकलको विभिन्न पार्टपूर्जाहरु फेरेर स्वरुप परिवर्तन तथा ध्वनी प्रदूषण गरी समाजमा शान्ति सु-व्यवस्था खलल पार्ने मोटरसाइकलहरू काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरु तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे हाे ।

यसअघि पनि यस्ता माेटरसाइकल चालकहरु नियन्त्रणमा लिइएकाे प्रहरीले याे पटक भने एकैपटक ठूलाे मात्रामा माेटरसाइकल नियन्त्रणमा लिएकाे हाे ।

प्रतिक्रिया