• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा ८० प्रतिशतसम्म छुट

जेष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा ८० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानकाे भाडामा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० देखि ८० प्रतिशतसम्म छुट दिने भएको छ। आजैदेखि लागू हुने गरि प्राधिकरणले सबै वायुसेवा कम्पनीहरूलाई निर्देशन पनि दिएको छ।

आइतबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष तथा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच भएको बैठकले हवाई यात्रालाई थप सहज र सहुलियतपूर्ण बनाउन यस्तो निर्णय गरेको प्राधिकरणले जनाएकाे छ।

आज एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले अब ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले नेपाल सरकारले तोकेको अधिकतम हवाई भाडामा सबै सेक्टरमा ५० प्रतिशत छुट पाउने उल्लेख गरेकाे छ।

त्यसैगरी ७५ वर्षभन्दा माथि उमेरका नागरिकले ७० प्रतिशत र ८० वर्ष नाघेका नागरिकले ८० प्रतिशत छुट पाउने व्यवस्था गरिएको बताइएकाे छ। यसका साथै जुनसुकै उमेर समूहका अपाङ्गता भएका यात्रुहरूका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने गरी व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २, आईतवार १०:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP