• २०८३ असार ३२ | Thu, 16 Jul 2026

तिहारकाे समयमा बीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा प्रतिबन्ध (विज्ञप्तिसहित)

तिहारकाे समयमा बीपी र अरनिको राजमार्गमा टिपर सञ्चालनमा प्रतिबन्ध (विज्ञप्तिसहित)

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तिहार अवधिभर बीपी राजमार्ग र अरनिको राजमार्गमा टिपर सञ्चालनमा पूर्णरूपमा रोक लगाएको छ।

चाडपर्वकाे अवधिमा सवारी दुर्घटना न्यूनीकरण र सर्वसाधारणको सुरक्षालाई प्राथमिकतामा राखेर यस्ताे निर्णय गरिएको प्रशासनले जनाएकाे छ।

२०८२ कात्तिक २ गतेको सुरक्षा समिति बैठकको निर्णय अनुसार कार्यालयले कात्तिक ३ गते बिहान ५ बजेदेखि कात्तिक ७ गते बिहान ७ बजेसम्मका लागि जिल्लाभित्रका प्रमुख राजमार्ग तथा सडक मार्गमा टिपर सञ्चालन पूर्णरूपमा निषेध गरिएको जनाएको छ।

प्रशासन कार्यालयले रोक अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ उल्लङ्घन गर्नेहरूमाथि कडा कानूनी कारबाही गरिने चेतावनी पनि दिएको छ । तर, अत्यावश्यक सेवाका सवारी साधनमा भने यो प्रतिबन्ध लागू नहुने प्रशासनले स्पष्ट पारेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २, आईतवार १३:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP