काठमाडौँ । नेपालले महिला त्रिदेशीय अन्तर्राष्ट्रियमैत्री प्रतियोगितामा भारतविरुद्ध जीत हात पारेको छ। जवहारलाल नेहरु रंगशालामा आज भएको खेलमा नेपालले भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
नेपालका लागि दुवै गोल सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी थिइन् । खेलको दोस्रो मिनेटमै उनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी हुन्।
त्यसपछि दोस्रो हाफको ६३ औं मिनेटमा उनले फ्रि किकमार्फत् गोल गरिन् । भारतका लागि ८१औं मिनेटमा करिश्मा सिरभोइकरले गोल फर्काएकी थिइन्।
प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको छ। इरानले भारतलाई २-० र नेपाललाई ३-० ले पराजित गरेर उपाधि जितेकाे थियाे ।
प्रतिक्रिया