काठमाडौँ। बिहीबार स्थिर रहेकाे सुनकाे मूल्य आज भने बढेकाे छ। सुन आज प्रतितोला दुई हजार सात सयले बढेकाे हाे ।
यससँगै आज २ लाख ३९ हजार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। आज चाँदीकाे मूल्य पनि बढेकाे छ । ८० रुपैंयाँले बढ्दै चाँदीकाे भाउ ३ हजार ६० रुपैंयाँ पुगेकाे छ ।
दशैंपछि लगातार बढेर उच्च विन्दुमा पुगेकाे सुनकाे मूल्य तिहारपछि भने लगातार घटिरहेकाे थियाे । गत आइतबारदेखि सुनको मूल्य घट्न थालेकाे भए पनि बिहीबार स्थिर थियाे भने आज पुनः बढेकाे हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सयले घटेको थियाे भने साेमबार दुई हजारले घट्याे । मंगलबार पनि सुन २ हजार ९०० ले घटेकाे मूल्य बुधबार सात सयले घट्याे । बिहीबार मूल्य स्थिर थियाे ।
दशैं बिदापछि सुनकाे भाउ कहिले कति ?
नेपाली बजारमा सुनकाे मूल्य असाेज १९ गते एकै दिन ७ हजार ४०० ले बढेकाे थियाे । असाेज २० गते २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेकाे सुन २१ गते २ हजार ३०० ले बढ्याे । २२ गते २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयाे । तर असाेज २४ गते भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएकाे सुन असाेज २५ गते पुनः तीन हजारले बढेकाे थियाे ।
यसअघि असाेज १९ गते आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र साेमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । असाेज २१ गते २ लाख ३५ हजार चार सय कायम थियाे भने २२ गते २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे । २३ गते मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएकाे सुन २४ गते भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे ।
२५ गते शनिबार बढेर २ लाख ३८ हजार रुपैंयाँ कायम भएकाे थियाे। असाेज २६ गते आइतबार स्थिर भएकाे सुनकाे भाउ २७ गते पुनः बढ्याे भने २८ गते पनि बढ्दै प्रतिताेला २ लाख ४८ हजार ५०० पुगेकाे थियाे। २९ गते २ लाख २४ हजार ९ सय र ३० गते पनि बढेर उच्च बिन्दुमा पुगेकाे थियाे । यस दिन २ लाख ५० हजार ९ सय कायम भयाे । असाेज ३१ गते २ लाख ५८ हजार पुगेकाे सुनकाे मूल्य कात्तिक २ गते भने घटेर २ लाख ५३ हजार २०० कायम भएकाे थियाे । कात्तिक ३ गते ३०० ले बढेर २ लाख ५३ हजार ५०० कायम भएकाे छ।
प्रतिक्रिया