• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबीच आज पार्टी एकता हुने

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ८ दलबीच आज पार्टी एकता हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ वटा दलबीच आज पार्टी एकता हुने भएकाे छ ।

आठ दलका शीर्ष नेताहरुले कार्तिक १६ गते आज पार्टी एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । साेही अनुसार आज उनीहरुबीच एकता हुने बताइएकाे छ।

आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी पार्टीहरूबीच १८ बुँदे सहमति भएको गरेकाे थियाे ।

एकता गर्ने सहमति गरेका दलहरुमा नेकपा, नेकपा समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादी रहेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १९, बुधबार ०२:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP