• २०८३ श्रावण १२ | Tue, 28 Jul 2026

२०८२ कार्तिक २१ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

२०८२ कार्तिक २१ गते शुक्रबारः यस्ताे छ आजकाे राशिफल

बनेपा । २०८२ साल कार्तिक २१ गते शुक्रबार तदनुसार ७ नोभेम्बर २०२५ । द्वितीया तिथी २० घडी ३१ पला तृतीया तिथी प्रारम्भ हुनेछ। कृतिका नक्षत्र ०१ घडी ५४ पला उप्रान्त रोहिणी नक्षत्र प्रारम्भ हुनेछ । बज्र योग बब करण आज बिहान सूर्योदय ६:१९ मा भयो भने सूर्यास्त साँझ ५:१४ मा हुनेछ। आज शुक्रबार चन्द्रमा बृष राशिमा ।

मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। लेखन शैलीमा कमी आउनेछ। सञ्चित धनको नाश हुनुका साथै राज्यपक्षबाट समेत कष्टता पाइने योग छ।

वृष राशि
आयमा वृद्धि भएर जानेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ। बोलीमा माधुर्यता छाउनेछ। आफन्तको सहयोगले रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जानेछ।

मिथुन राशि
आफन्तमा बहिरभाव आउनेछ। शारीरिक अस्वस्थता बढेर जानेछ। पैत्रिक सम्पत्तिमा वादविवाद बढेर जानेछ । अनावश्यकरुपमा पारिवारिक कलह बढेर जाने योग छ।

कर्कट राशि
नयाँ कार्यको थालनी हुने देखिन्छ। बोलीको प्रभाव बढेर जाने योग छ। साथीभाइको सहयोगले कार्यमा थप लगानी गर्ने अवसर जुट्नेछ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।

सिंह राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । आर्थिक क्षेत्रमा केही वादविवादको सामना गर्नुपर्ने देखिन्छ। आफन्तबाट धोका पाइने योग छ। लेखनशैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।

कन्या राशि
व्यर्थमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। राज्यपक्षबाट समेत कष्टता आउने हुँदा सजगता अपनाउनुहोला।

तुला राशि
स्वास्थ्यमा सुधार भएर जानेछ । आयमा वृद्धि कार्यमा प्रगति भएर जानाले मनमा चिन्ता बढेर जाने देखिन्छ । शत्रु पक्षबाट तपाईंकै जित हुने योग छ।

वृश्चिक राशि
जग्गा जमिनसम्बन्धी कामबाट प्रशस्तै लाभ लिन सकिनेछ। पठनपाठनमा सफलता पाइने योग छ। आयमा वृद्धि भएर जानाले मनमा उत्साह उमङ्ग बढेर जानेछ । प्रेम गर्ने अवसर जुट्नेछ।

धनु राशि
गुप्ताङ्गसम्बन्धी समस्याले सताउने योग छ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ। पितृ स्वास्थ्यमा उतारचढाव आउनाले मनमा चिन्ता बढ्नेछ।

मकर राशि
पठनपाठनमा बाधा आउनेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। साझेदारी काममा वादविवादको सामना गर्नुपर्ने देखिन्छ।

कुम्भ राशि
वैदेशिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। कृषि तथा चौपायाबाट लाभ लिन सकिनेछ। आकस्मिकरुपमा धनलाभ मिल्नेछ। स्थायी सम्पत्तिमा वृद्धि भएर जाने योग छ।

मीन राशि
फलामसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। धर्मकर्मतर्फ मन जानेछ । अध्ययन क्षेत्रमा सफलताले गर्दा सबैको विश्वास जित्न सकिनेछ। प्रेम गर्ने अवसर जुट्नेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २१, शुक्रबार ००:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP