काठमाडौँ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन कात्तिक ३० गते (आज) सम्म दल दर्ताको प्रमाणपत्र लिनुपर्ने निर्वाचन आयोगले यस अघि नै जनाएकाे थियाे ।
आयोगले चुनावमा भाग लिनका लागि कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने गत असोज २० गते नै प्रस्ट्याएको थियो तर हालसम्म दुई वटा नयाँ दलले मात्रै दर्ताको प्रमाणपत्र पाएका छन् । यसकाे समयसीमा सोमबारदेखि सकिँदैछ।
आयोगले दल दर्ताको समयसीमा तोकेयता २८ वटा नयाँ दल दर्ताको प्रक्रियामा छन् । श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन्।
प्रतिक्रिया