• २०८३ असार ३२ | Thu, 16 Jul 2026

हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को शिलान्यास

हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को शिलान्यास

श्याम शर्मा एलशी

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे हेलम्बुमा ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को सिलान्यास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे छ।

हेलम्बु गाउँपालिका, हेलम्बु स्वास्थ्य प्रतिष्ठान र धुलिखेल अस्पतालको संयुक्त आयोजना , छिरिङ्स फण्ड अमेरिकाको आर्थिक सहयोगमा नेपालका लागि अमेरिकन राजदूत Dean R Thompson , गुरू श्री मिङ्ग्यूर रिन्पोछे र पालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोको उपस्थितीमा मंगलबार ‘नुर जाङ्मु ह्योल्मो चिकित्सा केन्द्र’ को शिलान्यास भएकाे हाे ।

याे चिकित्सा केन्द्रको निर्माण सम्पन्न भएपछि दन्त तथा आँखासम्बन्धी सेवाहरू सम्पूर्ण हेलम्बुवासीका लागि निःशुल्करूपमा उपलब्ध गराइनेछ। साथै, आगामी चरणमा क्यान्सर लगायतका अन्य विशेषज्ञ उपचार सेवाहरू विस्तार गर्ने लक्ष्य राखिएको छ।

यो महत्वपूर्ण स्वास्थ्य पूर्वाधारले हेलम्बु क्षेत्रका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २, मंगलवार १२:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP