• २०८३ असार ३० | Tue, 14 Jul 2026

मण्डनदेउपुरमा भएकाे निःशुल्क स्वास्थ्य शिविरमा ८१३ जनाले सेवा लिए (भिडियाे)

मण्डनदेउपुरमा भएकाे निःशुल्क स्वास्थ्य शिविरमा ८१३ जनाले सेवा लिए (भिडियाे)

काभ्रे । काभ्रेकाे मण्डनदेउपुर नगरपालिका वडानम्बर-४ मा रहेकाे महाकाली माविमा आज भएकाे स्वास्थ्य शिविरमा ८१३ जना नागरिकले सेवा लिएका छन् ।

नगरपालिकाकाे वडानम्बर ४ काे आयाेजना र कान्छीमाया तामाङ मेमोरियल अस्पतालको सहयोग र समन्वयमा भएकाे शिविरमा ८१३ जना नागरिकले सेवा लिएका कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर थाेकर तामाङले जानकारी दिनुभयाे ।

Taiwan Root Medical Peace Corps team काे सहयोगमा संचालन भएकाे निःशुल्क स्वास्थ्य शिविरमा करिब ४० जना स्वास्थ्यकर्मी डाक्टरहरुले बिरामीकाे उपचार गरेका थिए । शिविरमा दन्तरोग सेवा, छाला तथा यौन रोग सेवा, आँखा जाँच सेवा, अकुपन्चर , स्त्रीरोग सेवा लगायत ९ प्रकारका स्वास्थ्य सेवाहरु उपलब्ध थियो ।

कार्तिक २३ गतेदेखि याे टाेलीले काभ्रेका पाँच वटा पालिकामा स्वास्थ्य शिविर संचालन गरिरहेकाे छ । आज अन्तिम दिन मण्डनदेउपुर नगरपालिका ४ मा रहेकाे महाकाली माविमा शिविर संचालन भएकाे हाे । यसअघि पाँचखालमा ७८०, बेथानचाेकमा ३५२, राेशीमा ५४७, धुलिखेलमा ७७९ र मण्डनदेउपुरमा ८१३ गरि ३ हजार २७१ जनाले सेवा लिएका अध्यक्ष थाेकरले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक २७, बिहीबार १४:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP