• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

७४ जिल्लाका चार हजार ४८७ जनामा डेङ्गु सङ्क्रमण, दुई जनाको मृत्यु

७४ जिल्लाका चार हजार ४८७ जनामा डेङ्गु सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौँ। देशका ७४ जिल्लाबाट चार हजार ४८७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म चार हजार ४७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ। डोल्पा, हुम्ला र मनाङ जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन।

गण्डकी प्रदेशमा एक हजार १९५ जनामा डेङ्गु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा ९६३, कोशीमा ६९८, लुम्बिनीमा ७९८, सुदूरपश्चिममा ५२६, कर्णालीमा २०९ र मधेशमा ८९ जनामा डेङ्गु पुष्टि भएको छ। डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन चिकित्सकको आग्रह छ।

चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातकाे लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातकाे लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।

त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २, बिहीबार ०२:१४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP