काठमाडौँ । यस वर्ष देशका ७५ जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। डोल्पा र मनाङबाहेक सबै जिल्लामा डेंगुका बिरामी फेला परेका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को पछिल्लाे तथ्यांक अनुसार देशभर ६ हजार ६६८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमा पाँच जनाको मृत्यु भएको छ।
प्रदेशगतरुपमा हेर्दा सबैभन्दा बढी डेंगु संक्रमण बागमती प्रदेशमा पुष्टि भएको छ। यहाँ एक हजार ६४९ जनामा डेंगु पुष्टि भएको छ। यसअघिकाे तथ्यांकमा गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित रहेका थिए ।
दाेस्राेमा गण्डकी प्रदेशमा एक हजार ६३१ जनामा संक्रमण पुष्टि हुँदा लुम्बिनीमा एक हजार ११७ जना संक्रमित भेटिएका छन् ।
उता कोशी प्रदेशमा ८९६, सुदूरपश्चिम प्रदेशमा ७६२, कर्णाली प्रदेशमा ४७४ र मधेशमा १३९ जनामा डेंगु पुष्टि भएको छ। कात्तिक महिनाभर संक्रमणकाे जाेखिम कायम रहेकाले सतर्कता अपनाउन चिकित्सकहरुले अनुराेध गरेका छन् ।
प्रतिक्रिया