• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

चण्डेनीमण्डन र ज्याम्दी स्वास्थ्य चौकीमा निःशुल्क क्षयरोग स्क्रिनिङसहित स्वास्थ्य जाँच हुने

चण्डेनीमण्डन र ज्याम्दी स्वास्थ्य चौकीमा निःशुल्क क्षयरोग स्क्रिनिङसहित स्वास्थ्य जाँच हुने

मण्डनदेउपुर, काभ्रे । मण्डनदेउपुर नगरपालिका–१० अन्तर्गत चण्डेनीमण्डन स्वास्थ्य चौकी र वडा नम्बर १२ को स्वास्थ्य चौकीमा क्षयरोग (TB) को निःशुल्क X-Ray स्क्रिनिङसहित विभिन्न स्वास्थ्य परीक्षण सेवा सञ्चालन हुने भएको छ ।

श्रावण २८ गते वडा नम्बर १२ र २९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म वडा नं-१० मा सञ्चालन हुने स्वास्थ्य शिविरमा क्षयरोगको X-Ray स्क्रिनिङका साथै रक्तचाप (HTN), रगतमा चिनी (Sugar), BMI अर्थात् तौल तथा उचाइ मापन र पिसाब परीक्षण (Urine Test) लगायतका स्वास्थ्य सेवा उपलब्ध हुने जनाइएको छ ।

विशेषगरी दुई साताभन्दा बढी समयसम्म लगातार खोकी लाग्ने, खोकीसँगै रगत आउने, ज्वरो आउने, राति अत्यधिक पसिना आउने, तौल घट्दै जाने, भोक कम लाग्ने, छाती दुख्ने तथा शरीरमा कमजोरी महसुस हुने जस्ता लक्षण देखिएमा क्षयरोगको सम्भावना हुन सक्ने भएकाले समयमै स्वास्थ्य परीक्षण गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

लक्षण नदेखिए पनि समयमै स्वास्थ्य परीक्षण गराउँदा रोग प्रारम्भिक अवस्थामै पहिचान गर्न सकिने र उपचारबाट निको हुन सक्ने भएकाले शिविरको अवसरमा अधिकतम स्थानीयवासीलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरिएको छ ।

स्वास्थ्य चौकीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्भावित रोगको समयमै पहिचान गर्न सबै गाउँबासीलाई शिविरमा सहभागी हुन आग्रह गरेको छ । साथै, यो सूचना परिवार, छिमेकी तथा समुदायका अन्य व्यक्तिसम्म पुर्‍याएर शिविरमा अधिकतम सहभागिता सुनिश्चित गर्नसमेत अनुरोध गरिएको छ ।

स्थान: चण्डेनीमण्डन स्वास्थ्य चौकी, मण्डनदेउपुर–१०, काभ्रे
मिति: २०८३ श्रावण २९ गते, शुक्रबार
समय: बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म
सेवा: TB X-Ray स्क्रिनिङ, रक्तचाप, सुगर, BMI तथा पिसाब परीक्षणलगायत स्वास्थ्य जाँच।

वडा नम्बर १२ मा श्रावण २८ गते सोही समय र सोही प्रकृतिको सेवा उपलब्ध गराउने कार्यक्रम रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले जानकारी दिनुभयो।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २७, बुधबार १३:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP