• २०८३ असार ३० | Tue, 14 Jul 2026

काभ्रेमा डेंगु सङ्क्रमितकाे संख्या ४९, सबैभन्दा बढी बनेपामा (सूचीसहित)

काभ्रेमा डेंगु सङ्क्रमितकाे संख्या ४९, सबैभन्दा बढी बनेपामा (सूचीसहित)

बनेपा । यस वर्ष काभ्रेमा हालसम्म ४९ जना डेंगु सङ्क्रमित देखा परेका छन् । गत आर्थिक वर्षमा यहाँ करिब ७०० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यो वर्ष साउन १ देखि मंशिर ३ गतेसम्म ४९ जनामा सङ्क्रमण पुष्टि भएको हाे । जसमा धुलिखेलमा तीन जना, बनेपामा २० जना, पनौतीमा एक, पाँचखालमा ९, मण्डनदेउपुरमा १४ जनामा सङ्क्रमण देखिएको छ। गत वर्ष बनेपामा धेरै सङ्क्रमित देखिएकाेमा यस वर्ष पनि सबैभन्दा बढी सङ्क्रमण बनेपामै देखिएको छ।

यस्तै भुम्लुमा २ जना सङ्क्रमित भएका जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। जिल्लामा सङ्क्रमितमध्ये पुरुषको संख्या २० र महिलाको संख्या २९ जना रहेको छ। नमाेबुद्ध, राेशी, खानीखाेला, तेमाल, बेथानचाेक, महाभारत र चाैरीदेउरालीमा भने कुनै पनि सङ्क्रमित भेटिएका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिन, पानी जम्ने ठाउँहरू सफा राख्न र लामखुट्टेको लार्भा नष्ट गर्न आवश्यक रहेको जनाएको छ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाह लिन मन्त्रालयले अनुरोध गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ४, बिहीबार ०६:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP