• २०८३ असार ३० | Tue, 14 Jul 2026

डेंगी नियन्त्रणका लागि सिन्धुपाल्चोकको चौतारामा ‘खोज र नष्ट गर’ अभियान

डेंगी नियन्त्रणका लागि सिन्धुपाल्चोकको चौतारामा ‘खोज र नष्ट गर’ अभियान

सिन्धुपाल्चोक। डेंगी संक्रमण रोक्न सचेतना अभियान अन्तर्गत चौतारामा बिभिन्न कार्यक्रम गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा चौतारामा ‘खोज र नष्ट गर’ अभियान, अभिमुखिकरण सँगै सचेतना कार्यक्रम गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।

सर्वसाधारणलाई डेंगी रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कुनै पनि रोगलाई सानो सोच्न नहुने बताउँदै जनचेतना टोलटोलमा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।

अभियानका क्रममा डेंगीबारे जानकारी, यसबाट बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत हिसिला दनुवारले बताउनुभयो ।

डेंगी सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य रहेको छ । ‘लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नुअघि यसको लार्भा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेंगीको संक्रमण घटाउन सकिन्छ । त्यसैले यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश नेपाल , जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत करिना महर्जन, स्वास्थ्यकर्मी, प्रहरी, महिला स्वयंसेविका, आमा समुह, क्लबका पदाधिकारी र स्थानीयको सहभागीता रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २३, मंगलवार १३:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP