श्याम शर्मा एलसी
हेलम्बु । पछिल्ला वर्षहरूमा सिन्धुपाल्चाेककाे हेलम्बुबाट देखिने हिमालका हिउँ घट्दै गएको दृश्यले स्थानीय बासिन्दाहरू चिन्तित बन्दै गएका छन् । करिब ८/१० वर्षअघिसम्म वर्षभर सेतो हिउँले चम्किने हिमशिखरहरू अहिले भने प्रायः कालो चट्टान र कालो पहाड मात्र देखिन थालेका छन् । पहिले धेरै हिउँ परेको भनेर परिचित ती हिमालहरू अहिले “हिउँ खै ?” भन्ने प्रश्नको प्रतीक बनेका छन् ।
स्थानीय जेष्ठ नागरिकहरू र कृषकहरू भन्छन्, ‘पहिले असार, साउनमा पनि टुप्पोमा सेतो हिउँ देखिन्थ्यो, अहिले त मंसिरमा पनि त्यति हिउँ छैन । मौसम पुरानै रहेन ।’
जलवायु विज्ञहरूका अनुसार हिमाली क्षेत्रको तापक्रम स्थिररूपमा बढिरहेको र वर्षा तथा हिमपातको समय, मात्रा र ढाँचा सबै परिवर्तन भइरहेको छ। यसले गर्दा स्थायी हिउँ छिटो पग्लन र घट्न थालेको हो । हिमालमा हिउँ घट्नु केवल परिवर्तन मात्र होइन, यसका प्रभावहरू गहिरा र दीर्घकालीन छन् ।
जलस्रोतमा प्रभाव: नदी, खोल्सामा आउने पानीको स्थायित्व घट्ने
कृषि उत्पादनमा असर: सिँचाइको उपलब्धता र समय तालिका बिग्रिने
पर्यटन क्षेत्र कमजोर हुने: हिमाल हेर्न आउने पर्यटकको रुचि घट्ने जोखिम
स्थानीय जैविक पर्यावरणमा प्रभाव: वनस्पति र जीवजन्तुको प्राकृतिक चक्र परिवर्तन
जलवायु परिवर्तनको यो संकेतले स्थानीयदेखि राष्ट्रिय नीतिशास्त्रसम्म गम्भीर छलफल आवश्यक भएको छ। अब हिउँ घट्दै जाँदा मात्र हाेइन, पानी, मौसम, कृषिको भविष्य र हाम्रो जीवनशैलीमा पनि परिवर्तन आउने निश्चित छ ।
स्थानीय तहमा सचेतना, अनुकूलन अभ्यास र दीर्घकालीन रणनीतिक योजना तयार पार्न अहिले नै ध्यान दिनु आवश्यक देखिन्छ। हेलम्बु जस्तो ठूलो पर्यटकीय सम्भावना बोकेको क्षेत्रबाट उब्जिएको हिउँ खै ? भन्ने प्रश्न अब केवल स्थानीय पीडा होइन, यो विश्वव्यापी जलवायु संकटको प्रत्यक्ष प्रमाण पनि हो ।
जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूर्णरुपमा परिसकेको छ । हिउँले छोपीरहने हिमालहरु कालापत्थरमा परिणत भएर देखिन थालेका छन् । हिमालको काखमा रहेका बस्तीहरुमा लामखुट्टेले आफ्नो धुन हाल्न थालिसकेको छ । विकासका नाममा बनेका सडकबाट उडेका धुलो र त्यही धुलोमाथि गुड्ने यातायातका साधनले छाड्ने धुवाँको मुस्लोले आकाशमा तुवाँलो बढाइदिएको छ ।
मंसिरको अन्तिमबाट माघको पहिलो सातासम्म लगाइने आलु हिउँ पानीको अभावमा फागुन लागेपछि रोप्न बाध्य भएका छन् किसानहरु । आकाश खुल्ला हुँदा पर्ने तुषारो र शीतको आशमा स्थानीय कृषकले खेती लगाउन थालेका छन् ।
जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूर्णरुपमा परिसकेको छ । हिउँले छोपीरहने हिमालहरु कालापत्थरमा परिणत भएर देखिन थालेका छन् । हिमालको काखमा रहेका बस्तीहरुमा लामखुट्टेले आफ्नो धुन हाल्न थालिसकेको छ । विकासका नाममा बनेका सडकबाट उडेका धुलो र त्यही धुलोमाथि गुड्ने यातायातका साधनले छाड्ने धुवाँको मुस्लोले आकाशमा तुवाँलो बढाइदिएको छ ।
खोलामा देखिने जलचर प्राणीहरु देखिन छाडेका छन् । उहिले खोला नजिक जाँदा डराउनेहरु आज त्यही खोलाबाट बालुवा गिट्टीको ब्यापारमा रमाइरहेका छन् । कुनैबेला बनेका हिमतालहरु सुक्दो र पानी घट्दो क्रममा छ । कुनैबेला हिमताल फुट्ने डरले आत्तिने स्थानीयहरु आज त्यही नदी र खोला सुकेको देखेर दिक्क मान्दै भविष्यमा बन्न सक्ने मरुभूमीको कल्पना गर्न थालेका छन् । (लेखक : विपद जोखिम न्यूनीकरण तथा जलवायु अभ्यासकर्ता हुन् )
प्रतिक्रिया