• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मेलम्चीमा १७ सदस्यीय महिला सञ्जाल गठन

मेलम्चीमा १७ सदस्यीय महिला सञ्जाल गठन

सिन्धुपाल्चोक। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत  अन्तिम दिन बुधबार सिन्धुपाल्चोकको मेलम्चीमा नगरस्तरीय महिला सञ्जाल गठन गरिएको छ । सञ्चमाया तामाङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।

नगर उपप्रमुख उमा प्रधानले लैङ्गिक हिंसा रोकथाम, पीडित सहयोग र सशक्तिकरणका उपायहरूबारे जानकारी दिँदै नवगठित सञ्जालले नगरभर लैङ्गिक हिंसा न्यूनीकरणका लागि समन्वय गर्नुपर्ने बताउनुभयो । साथै उहाँले मेलम्ची नगरपालिकाले आगामी दिनमा सञ्जाललाई आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष सञ्चमाया तामाङ, सचिव चण्डिका नेपाली, कोषाध्यक्ष गोमा ढकाल, सदस्यहरु अपेक्षा ढकाल, सुनिता तामाङ, सरिता चाैलागाई, कल्पना रोक्का, सम्झना गिरी, सरिता चालिसे, तोकमाया तामाङ, लक्ष्मी अर्याल, गंगा चुवान, रेनुका पुरी, कल्पना पहरि लगायतको १७ सदस्यीय समिति गठन गरिएको हो ।

कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, कार्यपालिका सदस्य, वडा महिला सदस्य, वडा महिला सञ्जाल र वडाले छनोट गरि पठाएको महिलाहरू लगायतको उपस्थिती रहेको थियो ।

महिला, बालबालिका तथा समावेशीकरण शाखाका प्रमुख राजेन्द्र दुलालले सञ्चालन गर्नुभएको कार्यक्रम नगर उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर २५, बिहीबार ००:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP