पाँचथर । फाल्गुनन्द गाउँपालिका-७ खामेलक बस्ने ३६ वर्षीय प्रेमराज आङदेम्बेको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ८२ वर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ ।
वर्ण सिंहले आफ्नै घरको आँगानमा प्रेमराजलाई छुरी प्रहार हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुकसहित पाँच जना पक्राउ
रूकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारूद करिब २ सय ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद पुन र ४८ वर्षीय कृष्णबहादुर मल्ल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वसमेतबाट खटिएको प्रहरीले शेरबहादुरको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उदयपुर, कटारी नगरपालिका-१२ अर्नाबाट भरूवा बन्दुक १ थानसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय मित्रबहादुर बुढाथोकी र ४४ वर्षीय हिरालाल तामाङ रहेका छन् । प्रहरी चौकी बसेरीबाट खटिएको प्रहरीले मित्र बहादुरको बारीबाट उक्त बन्दुक फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया