• २०८३ असार ३० | Tue, 14 Jul 2026

बेथानचोकका २० महिला कृषकलाई कागतीका बिरुवा वितरण

बेथानचोकका २० महिला कृषकलाई कागतीका बिरुवा वितरण

बेथानचोक । ग्रामीण विकास संस्थाले AEIN – Aide à l’Enfance de l’Inde et du Népal को आर्थिक सहयोगमा सञ्चालन गरिरहेको “गुणस्तरीय शिक्षा अभिवृद्धि, महिला सशक्तिकरण तथा जीविकोपार्जन सुधार परियोजना – दोस्रो चरण” अन्तर्गत काभ्रेकाे बेथानचोक गाउँपालिकामा कागतीका बिरुवा वितरण गरिएको छ ।

परियोजना अन्तर्गत गाउँपालिकाको वडा नं. २, ३, ४ र ५ का २० जना महिला कृषकलाई प्रति कृषक ४० वटाका दरले कागतीका बिरुवा वितरण गरिएको हो ।

संस्थाका अनुसार कार्यक्रमको उद्देश्य व्यावसायिक फलफूल खेतीलाई प्रवर्द्धन गर्दै महिला कृषकहरूको आयआर्जन वृद्धि, दिगो कृषि विकास तथा आर्थिक सशक्तीकरणमा टेवा पुर्‍याउनु रहेको छ ।

वितरण गरिएका कागतीका बिरुवाले आगामी वर्षहरूमा उत्पादन दिन थालेपछि किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्ने विश्वास लिइएको छ । साथै, यस्ता कार्यक्रमले स्थानीय कृषि उत्पादन वृद्धि, स्वरोजगार सिर्जना तथा ग्रामीण समुदायलाई आर्थिकरूपमा समृद्ध र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार २५, बिहीबार १७:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP