• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

प्रयत्न र टिम परियोजना अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रयत्न र टिम परियोजना अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सिन्धुपाल्चोक । परिवर्तनका लागि सहकार्य नेपालको सहयोगमा सञ्चालित “प्रयत्न र टिम परियोजना” अन्तर्गत हेलम्बु गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। साेमबार महेन्द्र माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक उद्वव लामिछानेले वडा नम्बर ६ र ७ का विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगप्रति खुशी व्यक्त गर्नुभयो। उहाँले आर्थिक अवस्था कमजोर भएका धेरै विद्यार्थी अझै शैक्षिक सामग्रीको अभावमा रहेको उल्लेख गर्दै आगामी दिनमा सम्पूर्ण विद्यार्थीलाई समेटेर सहयोग विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। साथै कतिपय विद्यार्थीको ट्युसन शुल्कसमेत अपुग रहेको अवस्थालाई मध्यनजर गर्दै यस्ता कार्यक्रमले विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

परियोजना अन्तर्गत महेन्द्र माध्यमिक विद्यालय, महेन्द्र आधारभूत विद्यालय, हरिसिद्धि आधारभूत विद्यालय, हेलम्बु बोधिसत्व मोडल स्कुल तथा इचोक माध्यमिक विद्यालयका गरी १०२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको आयोजक संस्थाले जनाएको छ। विद्यार्थीलाई विद्यालय झोला, कपि, कलम, पानीको बोतल, छाता तथा स्कुल ड्रेस लगायतका सामग्री प्रदान गरिएको थियो।

कार्यक्रममा हेलम्बु गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सन्चबहादुर तामाङ र वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्काले शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न सामुदायिक तथा सहयोगी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँहरुले विद्यार्थीको भविष्य निर्माणका लागि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

नम्रता लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले दुर्गम क्षेत्रका विद्यार्थीलाई लक्षित गरी गरिएको सहयोगले शैक्षिक वातावरण सुधार गर्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १२, मंगलवार १९:१५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP