• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मेलम्ची नगरपालिकाद्वारा बजार अनुगमनलाई तिव्रता

मेलम्ची नगरपालिकाद्वारा बजार अनुगमनलाई तिव्रता

सिन्धुपाल्चाेक । मध्यपूर्वमा जारी युद्धका कारण बजारमा दैनिक उपभोग्य सामान अभाव हुन नदिन मेलम्ची नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ ।

अनुगमन अघि बजार अनुगमन समितिको बैठक बसी उपभोक्तालाई दैनिक उपभोग्य सामानको अभाव हुन नदिन र बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन बजार अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठको आतिथ्यता, उपप्रमुख उमा प्रधानको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको थियो । बैठकपछि उद्योग वाणिज्य संघ उपभोक्ता संरक्षण मञ्च तथा नगरपालिका र जिल्ला प्रशासनको संयुक्त टोलीले बजार अनुगमन गरेको नगरपालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।

नगरपालिकाले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय वस्तु उपलब्ध गराउन यस्ता अनुगमन नियमितरुपमा जारी राख्ने जनाएको छ । अनुगमनमा उद्योग बाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेल, चण्डिका नेपाली लगायत सरोकारवाला हुनुहुन्थ्यो ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ४, बुधबार १०:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP