• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ

सिरहा । धनगढीमाई नगरपालिका-८ कसहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका-६ रातामाटा घर भएका ३४ वर्षीय सुशिल अधिकारी रहेका छन् । अस्थायी प्रहरी पोष्ट कसहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले ज.१ ह ३९३० नम्बरको अटोलाई जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक देवराज र अटोमा सवार सुशिललाई पक्राउ गरेको हो ।

उदयपुर, वेलका नगरपालिका-९ रामपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित त्रियुगा नगरपालिका-७ खारखोला बस्ने २२ वर्षीय रेमन मग्रातीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले विराटनगरबाट कटारीतर्फ जाँदै गरेको प्र.१-०२-००२ ख ००६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक रेमनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ टिसिएन चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, प्रोमेथाजाइन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ३५ वर्षीय खगेन्द्रबहादुर मिदुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले सुनौलीबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख १७६५ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष ५, शनिबार ०९:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP