काठमाडाैँ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१३ श्रीलङ्का बस्ने २७ वर्षीय बलबहादुर चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र १ थान तराजुसहित सोही नगरपालिका-३ बस्ने २७ वर्षीय अनुज रावतसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका-१९ बागफाँटा घर भएका २७ वर्षीय सुनिल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै बर्दगोरिया गाउँपालिका-२ बौनियागाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय सुनिलकुमार चौधरीसमेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ७० मिलिग्रामसहित गोदावरी नगरपालिका-३ बस्ने २४ वर्षीय बिनोद ओडलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुर्खेत, चौकुने गाउँपालिका-७ नेताचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय १४ ट्याब्लेटसहित सोही गाउँपालिका-८ बस्ने २० वर्षीय प्रतिक उपाध्यायसमेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-३ आँखा अस्पताल चोकस्थित गेष्ट हाउसबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल र सिरिन्ज २ थानसहित चितवन रत्ननगर नगरपालिका-११ विश्वास टोल बस्ने ३३ वर्षीय प्रकाश तामाङ समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय १० ग्रामसहित धनुषा छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने ३६ वर्षीय रामकैलाश अधिकारीसमेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले प्र.२-०२-००३ प ५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, ब्यास नगरपालिका-४ जलदेवी टोलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १८ एम्पुल, नोर्फिन १८ एम्पुल र बुप्रेनोर्फिन १८ एम्पुलसहित म्याग्दे गाउँपालिका-४ बस्ने ३७ वर्षीय अमर आलेसमेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया