• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

चार जना मतदाताका लागि २० कर्मचारी !

चार जना मतदाताका लागि २० कर्मचारी !

मुस्ताङ । चुनाव आउन केही दिन मात्र बाँकी रहँदा मुस्ताङ जिल्लाको एउटा मतदान केन्द्रमा मतदान गर्न सक्ने गरी अहिलेसम्म उक्त गाउँमा चार जना मात्रै मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

उक्त केन्द्रसम्म सबै निर्वाचन सामग्री र मतपत्र पुर्‍याउन साथै निर्वाचन अधिकृत, सुरक्षाकर्मी गरेर २० भन्दा बढी जनशक्ति आवश्यक पर्ने आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताएका छन् ।

“त्यो मतदान केन्द्र सारौँ भन्दा पनि सहमति भएन । तर त्यहाँ बस्ने चार जना मतदाताका लागि पनि हामीले बाकस लगेर मतदान गराउनुपर्नेछ,” न्यौपानेले भने । “आठ/नौ जना हामी आफैँ खटाउँछौँ । नेपाल प्रहरीले सात आठ जना खटाउँछ। सशस्त्र प्रहरीले तीन चार जना खटाउँछ र नेपाली सेनाले पनि आठदश जना खटाउँछ । यसो गर्दा कम्तीमा २०/२२ जना जनशक्ति त्यहाँका लागि जान्छ।”

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ मा पर्ने साङ्ग्ता भन्ने गाउँमा रहेको हिमाली आधारभूत विद्यालयमा उक्त मतदान केन्द्र रहेको मुस्ताङका जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले बताए ।

किन चार जना मात्रै मतदाता ?
उक्त गाउँका ३९ मतदातामध्ये ३५ जना पोखरा, काठमाडाैँ वा जोमसोममा रहेको उनले बताए । जोमसोमबाट कागबेनी नपुग्दै डोल्पा जाने उकालो बाटो हुँदै मतदान केन्द्रमा पुग्नुपर्ने र त्यहाँको बाटो हिउँले ढाकेको अवस्था रहेको उनले बताए ।

हिउँ पन्छाइसकेर गाडी जाने अवस्था हुँदा मात्रै सुगम क्षेत्रमा रहेका मतदाताहरू गाउँ फर्किने र मतदान गर्ने अवस्था बन्ने जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताएका हुन् ।बीबीसी नेपालीबाट



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १७, आईतवार १३:३२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP