• २०८३ असार ३२ | Thu, 16 Jul 2026

करिब ३ सय ३० किलो गाँजासहित मोरङबाट दुई जना पक्राउ

करिब ३ सय ३० किलो गाँजासहित मोरङबाट दुई जना पक्राउ

मोरङ । जहदा गाउँपालिका-२ तरिगमाबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ३० किलोग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत अररिया चन्दामोहन-५ बस्ने २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १३, आईतवार १३:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP