• २०८३ असार ३१ | Wed, 15 Jul 2026

६५ लाखभन्दा बढी चोरीका नगद तथा गरगहनासहित एक जना पक्राउ

६५ लाखभन्दा बढी चोरीका नगद तथा गरगहनासहित एक जना पक्राउ

काठमाडौँ । करिब ६५ लाखभन्दा बढी चोरीका नगद तथा गरगहनासहित एक जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका ४ वालुवाटारमा स्टाेर्म नेटवर्क प्रा.लि.को ४८ लाख ७२ हजार छ सय बीस र इको भ्याली प्रा.लि.को आठ लाख ५८ हजार पाँच सय एकचालीस रुपैंयाँ चोरी गर्ने काठमाडौँ महानगरपालिका २ खुर्सानीटार बस्ने वर्ष २४ का दुर्गाबहादुर के.सी. पक्राउ परेका हुन् ।

पुस १२ गते राति चोरी गरी फरार रहेका निजलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरसमेतको समन्वयमा दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरिएको हो ।

निजको साथबाट नगद रकम ६५ लाख १७ हजार एक सय चालीससहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान १५, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो थान २८, चाँदी जस्तो देखिने सेतो धातुको थान १ र डेल कम्पनीको ल्यापटप थान १ बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १७, बिहीबार १४:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP