२०८२ साल पौष २१ गते सोमबार तदनुसार ५ जनावरी 2026 द्वितिया तिथि १४घडी ३२पला उप्रान्त तृतिया तिथि प्रारम्भ हुनेछ तिष्य नक्षत्र २४ घडी १७ पला उप्रान्त अत्लेषा नक्षत्र प्रारम्भ हुनेछ बिश्कुम्भ योग गर करण आज बिहान सूर्योदय ६:५७मा भयो भने सूर्यास्त साँझ ५:२१मा हुनेछ
आज सोमबार चन्द्रमा कर्कट राशिमा
मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ आयआर्जनमा वृद्धि भएर जानेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत गरिने योग छ व्यापार व्यवसायमा सफलता प्राप्त हुने योग छ।
वृष राशि
बोलीको प्रभाव बढेर जानेछ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्ने छन्। लेखन शैलीमा तीव्रता आउनेछ। भोजभतेरमा सहभागी हुने अवसर मिल्नेछ।
मिथुन राशि
आयमा कमी आउनेछ । शैक्षिक क्षेत्रमा बाधा हुनुका साथै आर्थिक लेनदेनमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।
कर्कट राशि
धातुजन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछ। नयाँ साथीको आगमनले व्यवसायमा थप लगानी बढाइने योग छ।
सिंह राशि
काममा ढिलासुस्ती भएर जानेछ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर दाजुभाइमा कलह बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। मानसम्मानमा आघात पुग्ने देखिन्छ।
कन्या राशि
मनोरञ्जनतर्फ मन जाने देखिन्छ। आकस्मिक रूपमा नयाँ कार्यको थालनी हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ व्यवसायमा प्राप्त सफलताले सबैको प्यारो बनिनेछ लेखन शैलीमा तीव्रता आउने देखिन्छ।
तुला राशि
मातृ सुखमा कमी आउनेछ। बोलीमा कठोरता आउने योग छ। सानोतिनो कुरामा पनि परिवारमा कलह बढेर जानेछ । धनमाल हराउन सक्ने सम्भावना प्रबल मात्रामा बढेर गएको देखिन्छ।
वृश्चिक राशि
व्यवसायमा घाटा भएर जानेछ परिवारमा असामानजस्य वाद विवादको सामना गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा बाधा आउनुका साथै चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ ।
धनु राशि
जग्गा जमिन सम्बन्धी काममा वृद्धि भएर जानेछ। शत्रुपक्षबाट तपाईंकै जित हुने देखिन्छ। दुग्ध जन्य पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ मानसम्मानमा वृद्धि भएर जानाले मनमा खुसी छाउने छ।
मकर राशि
धातु तथा सवारी साधनबाट रामदानी गर्न सकिने देखिन्छ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह बढेर जाने योग छ।
कुम्भ राशि
फलाम सम्बन्धी काममा घाटा बेहोर्नु पर्ने देखिन्छ। कृषि तथा चौपायबाट रास आउनेछ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ । मात्री स्वास्थ्यमा उतारचढाव आउने योग छ।
मीन राशि
स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला। आयमा कमी विद्यामा बाधा आउने योग छ। पराक्रममा कमी आउनेछ। दाजुभाइमा कलह बढेर जाने देखिन्छ।
प्रतिक्रिया