• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

राहदानी अभाव फागुनसम्मलाई टर्‍यो, नयाँ राहदानी छपाइ भने अनिश्चित

राहदानी अभाव फागुनसम्मलाई टर्‍यो, नयाँ राहदानी छपाइ भने अनिश्चित

काठमाडौँ । राहदानीको चरम अभाव पूर्ति गर्दै राहदानी विभागले डेढ महिनामा झन्डै चार लाख राहदानी छपाइ गरेर वितरण गरेको छ । तत्कालको मागको समाधान भए पनि फागुनदेखि नयाँ कम्पनीले नयाँ राहदानी दिन असम्भव हुँदा फेरि समस्या आउने सम्भावना भने उत्तिकै छ ।

विद्युतीय राहदानीको सङ्क्रमणकालीन व्यवस्थापन अन्तर्गत भएको सम्झौता अनुसार हालसम्म तीन लाख ९६ हजार राहदानी छपाइ भइसकेको छ । गत मङ्सिर ५ गते पहिले सम्झौता भएकै फ्रान्सको आइडिमिया कम्पनीसँग सात लाख राहदानी छपाइ गर्ने सम्झौता भएको थियो ।

राहदानीको चरम अभाव पूर्ति गर्ने क्रममा करिब डेढ महिनाको अन्तरालमा झन्डै चार लाख विद्युतीय राहदानी छपाइ भएर वितरण भएको विभागका महानिर्देशक तीर्थराज अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै करिब एक लाख थान एक/दुई दिनभित्रै छपाइ भएर आउने क्रममा रहेको छ ।” त्यसपछि अब दुई लाख ७३ हजार ८१४ थान राहदानी छपाइ मौज्दात रहने छ । बुधबारसम्म दुई लाख ६४ हजार ४८१ थान राहदानी सम्बन्धित जिल्ला तथा एकाइमा पठाइसकिएको छ ।

पुस १५ गतेसम्म आवेदन दिएकाकोसमेत गरेर शुक्रबारसम्ममा अर्को एक लाख थान बढी विद्युतीय राहदानी पठाउने तयारीमा विभाग छ । अर्यालका अनुसार यससँगै हालसम्म आवेदन दिएका सबैको हातमा राहदानी पुग्नेछ । विभागले राहदानी सहज ढङ्गले वितरण थालेको दाबी गर्दै महानिर्देशक अर्यालले भन्नुभयो, “विभागबाट अत्यावश्यक राहदानीका लागि आवेदन दिनेहरूले पनि अब तीन दिन कुर्नु पर्दैन, आजको भोलि नै राहदानी पाउने छन्, त्यही अनुसार दिन पनि थालेका छौँ ।” उहाँले भन्नुभए जस्तै राहदानी वितरण सहज भएपछि विभाग र ७७ वटा जिल्ला तथा इलाका प्रशासन कार्यालयमा माग गर्नेको घुइँचो हटेको छ । सहज आपूर्तिसँगै आवेदकले पनि राहतको सास फेरेका छन् ।

फागुनबाटै नयाँ राहदानी छपाइ अनिश्चित
आउँदो फागुनदेखि नयाँ कम्पनीले विद्युतीय राहदानी छपाइ प्रक्रिया सुरु गर्ने गरी सम्झौता भइसकेको छ तर मेसिन तथा प्रविधि व्यवस्थापनका लागि दुईदेखि तीन महिना लाग्ने भएकाले फागुनमै राहदानी छपाइ हुन नसक्दा फेरि राहदानीको अभाव हुने आशङ्का कायमै छ । त्यसो हुँदा नयाँ राहदानी छपाइ चैतको अन्तिम वा वैशाख महिनाबाट हुने सम्भावना रहेको छ । गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २५, शुक्रबार ०१:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP