• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

कांग्रेस महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव पेश

कांग्रेस महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव पेश

ललितपुर। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने प्रस्ताव पेश भएको छ।

महामन्त्री गगनकुमार थापाले १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चार बर्षे कार्यका मङ्सिर मसान्तमा सकिने भएकाले १५ औँ महाधिवेशन मङ्सिरमै गर्ने प्रस्ताव पेश गर्नुभएको हो ।

उहाँले महाधिवेशनका दुई विकल्प प्रस्तुत गर्दै नयाँ र नवीकरण सदस्यता कात्तिक मसान्तसम्ममा टुङ्गो लगाउने, मङ्सिर ७ गते क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने, वडा अधिवेशन मङ्सिर १२–१३ गतेभित्र गर्ने, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन मङ्सिर २१ गतेभित्र गर्ने, नेपाली जनसम्पर्क समितिको अधिवेशन मङ्सिर २१ भित्र गर्ने प्रस्ताव गर्नुभएको छ ।

उहाँले अहिले विशेष र असामान्य परिस्थिति भएको हुँदा महाधिवेशनको विकल्प नरहेकाले प्रस्तुत सबै विकल्प र कार्यतालिकामा उल्लिखित समयभित्र नियमित महाधिवेशन सम्पन्न गर्न नसकिए २०८२ मङ्सिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशनको सुनिश्चित गर्ने प्रस्ताव पेश गर्नुभएको छ। गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १, शनिबार ०१:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP