• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

सरकारले निर्वाचनअघि कर्मचारी सरुवा नगर्ने

सरकारले निर्वाचनअघि कर्मचारी सरुवा नगर्ने

काठमाडौँ । सरकारले अत्यावश्यकबाहेक नियमितरूपमा हुने कर्मचारी सरुवा नगर्ने भएको छ । आगामी फागुन २१ घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गएकाले सरकारले अत्यावश्यकबाहेक कर्मचारी सरुवा नगर्ने जनाएको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबदेखि अत्यावश्यकबाहेक नियमितरूपमा हुने कर्मचारी सरुवा रोकिएको स्पष्ट पारेको छ । निर्वाचनका लागि चाहिने जनशक्ति आवश्यक पर्दा जुनसुकै बेला पनि मन्त्रालयले खटनपटन गर्न सक्छ तर नियमित सरुवा भने अहिले धेरै कम हुँदै गएको मन्त्रालयले जनाएको हाे ।

मन्त्रालयका प्रवक्ता नीता पोखरेल अर्यालले अत्यावश्क सेवा प्रवाह गर्ने कार्यालयमा कर्मचारी माग भएमा मन्त्रालयले पूर्ति गर्न सक्ने, अन्य स्थानमा भने अब कर्मचारी सरुवा गर्न धेरै कम भइसकेको बताउनुभयो ।

निर्वाचन आयोगले जनशक्ति व्यवस्थापनका क्रममा कुनै कर्मचारी माग गरेको खण्डमा कर्मचारीको आवश्यकता अनुसार सरुवा गरिने छ । त्यस्तै कुनै पनि स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रवाह रोकिएमा उक्त स्थानीय तहमा पनि कर्मचारी सरुवा गरिने छ । सेवाग्राहीको बढी भिड लाग्ने सार्वजनिक निकायमा कर्मचारी अत्यावश्यक भएको खण्डमा मात्रै कर्मचारी व्यवस्थापन गरिने छ । गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ३, शनिबार ०१:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP