• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिए

एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिए

काठमाडौँ । कानुन संशोधन गरेर सूचीकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् ।

१२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु भएको थियो । १५ कात्तिकसम्म थपिएका नयाँ मतदातामा ५६ हजार ७ सय १८ पुरुष, ३६ हजार ६ सय २६ महिला र अन्य ९ जना छन् । मतदाताका लागि नाम दर्ता गर्न निर्वाचन आयोगले ३० कात्तिकसम्मको समयसीमा तोकेकाले अब दुई साताको अवधि मात्र बाँकी छ ।

आयोगले अनलाइनबाटै व्यक्तिगत विवरण भर्ने र त्यसअनुसार नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने तथा बायोमेट्रिक दिने व्यवस्था मिलाएको छ। आयोगको वेबसाइट वा नागरिक एपमा रहेको आयोगको ‘लिंक’ मार्फत व्यक्तिगत विवरण भरिसकेपछि निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक गराउनुपर्नेछ । अनलाइनमार्फत नै आफूलाई सुविधा हुने निर्वाचन कार्यालयमा फोटो खिचाउने समय लिनुपर्नेछ ।

आयोगका अनुसार गत असारसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० छ । त्यसमा महिला मतदाता ८९ लाख १६ हजार ५ सय २, पुरुष मतदाता ९२ लाख ५१ हजार ५ सय ४१ र अन्य मतदाता १ सय ८७ छन् । अहिले नाम दर्ता गराएकाहरूले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे शनिबार र बिदाबाहेकका दिनमा कात्तिकभर नयाँ मतदाताका लागि नाम सूचीकृत गर्न पाइने बताउँछन् । हालसम्म औसतमा दैनिक ६–७ हजार व्यक्ति सूचीकृत हुने गरेकामा अवधि सकिन लागेकाले महिनाको अन्त्यतिरसम्म त्यो संख्या बढेर दैनिक १० हजारसम्म पुग्न सक्ने उनको अनुमान छ ।कान्तिपुरबाट



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १६, आईतवार ०१:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP