• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

अमेरिकाको म्युजियममा भेटिएका पुरातात्विक महत्वका सम्पदाहरू नेपाल फिर्ता

अमेरिकाको म्युजियममा भेटिएका पुरातात्विक महत्वका सम्पदाहरू नेपाल फिर्ता

चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरूमा पुगेका तीन वटा पुरातात्विक महत्वका सांस्कृतिक सम्पदाहरू नेपाल फिर्ता भएको छ । बुधबार अमेरिकाको न्युयोर्कस्थित रुविन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सचेगीले चोरी निकास भई आफ्नो म्युजियममा पुगेको १७ औं शताब्दीको काठको कलात्मक तोरण, १४ औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठ कला र १३ औं शताब्दीको मल्लकालीन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति काठमाडौं ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गरेका हुन् ।

२२ हजार अमेरिकी डलर बराबरको पुरातात्विक महत्वको सांस्कृतिक सम्पदा फिर्ता भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनले मूर्ति राष्ट्रिय संग्रहालयमा तत्कालका लागि राख्ने र पछि हराएको ठाउँमा नै सुरक्षित ढंगले प्रतिस्थापन गर्ने जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चोरी भएको नेपालको पुरातात्विक महत्वको ती सम्पदाहरू आफैले ढुवानीसहित व्यहोरेर नेपाल फिर्ता गरेको भन्दै रुविन म्युजियम अफ आर्ट र सो खोजी कार्यमा संलग्न परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपालको महावाणिज्य दुतावास, पुरातत्व विभागप्रति आभार व्यक्त गरे । उनले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरू अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र सञ्चारकर्मीहरूले पुनः सहयोग गर्ने विश्वास व्यक्त गरे ।

पुरातत्व विभागका अनुसार नेपालबाट गैरकानुनी ढंगले चोरी भई विभिन्न मुलुकमा निकासी भएका पुरातात्विक महत्वका सम्पदाहरू ७६ वटा फिर्ता भइसकेका छन ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १२, बिहीबार ०९:५२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP