• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

यस्ताे छ शुक्रबार र शनिबारकाे माैसम पूर्वानुमान

यस्ताे छ शुक्रबार र शनिबारकाे माैसम पूर्वानुमान

काठमाडौं । आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति कोशी प्रदेश, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी र तराईका भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ।

कोशी र मधेश प्रदेशको तराई र गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

२०८२ भदौ १४ गते शनिबार

शनिबार देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराईका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेशलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागका केही स्थानहरू र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

स्राेतः माैसम पूर्वानुमान महाशाखा



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र १३, शुक्रबार ०२:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP