सिन्धुपाल्चोक। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार सिन्धुपाल्चोकको तारामाराङ आसपास केन्द्रबिन्दु बनाएर मङ्गलबार राति ११ बजेर २३ मिनेट जाँदा चार म्याग्निच्यूडको भूकम्प गएको हाे ।
भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरूमा अनुभव गरिएको थियो ।
मङ्गलबार नै बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्र बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो।
प्रतिक्रिया