काठमाडाैं । नेपालमा पनि फेसबुक मोनेटाइजेशन शुरु हुनु नेपाली डिजिटल क्रिएटरहरूका लागि एउटा ठूलो अवसर हो। यसबाट उनीहरूले आफ्नो कामबाट सिधै आम्दानी गर्न र डिजिटल अर्थतन्त्रमा योगदान पुर्याउन सक्दछन् । त्यसाे भए कसरी हुन्छ त फेसबुकबाट आम्दानी ? हेराैं याे जानकारीः
फेसबुक मोनेटाइजेशन नेपालमा पनि लागू भएकाे छ। यसअघि केही सिमित सुविधाहरू (जस्तै ‘Stars’ र ‘In-stream ads for Live’) मात्र उपलब्ध थिए, तर अब धेरैजसो क्रिएटरहरूका लागि अन्य मोनेटाइजेशनका विकल्पहरू पनि खुल्दै आएका छन्।
फेसबुकबाट पैसा कमाउनका लागि तपाईंले केही मापदण्डहरू पूरा गर्नुपर्छ। यी मापदण्डहरू मुख्यतयाः फेसबुकका नियम तथा नीतिमा आधारित हुन्छन् र समयअनुसार परिवर्तन पनि हुन सक्छन् । सामान्यतया तपाईंले पूरा गर्नुपर्ने मुख्य मापदण्डहरू यस्ता छन्:
#पेज वा प्रोफाइलमा ‘Professional Mode’ हुनुपर्ने: तपाईंको व्यक्तिगत प्रोफाइलबाट पैसा कमाउनका लागि ‘Professional Mode’ अन गर्नुपर्छ, वा तपाईंसँग एउटा फेसबुक पेज हुनुपर्छ।
#फलोअरको संख्या: तपाईंको पेज वा प्रोफाइलमा निश्चित संख्यामा फलोअरहरू हुनुपर्नेछ । (जस्तै, केही मोनेटाइजेशनका लागि ५ हजार वा १० हजार फलोअर आवश्यक हुन सक्छ)।
#वाचटाइम (Watch Time): भिडियो हेरिएको कुल समय (वाचटाइम) एक निश्चित मापदण्डमा पुगेको हुनुपर्छ। उदाहरणका लागि, ‘In-stream ads’ को लागि पछिल्लो ६० दिनमा ६० हजार मिनेट भिडियो हेरिएको हुनुपर्छ।
#भिडियो संख्या: तपाईंको पेजमा कम्तीमा ५ वटा सक्रिय भिडियोहरू हुनुपर्छ।
#फेसबुकका नियम पालना: तपाईंको कन्टेन्टले फेसबुकको ‘Content Monetization Policies’ र ‘Community Standards’ को पालना गरेको हुनुपर्छ। कुनै पनि नियमको उल्लङ्घन गरेको खण्डमा तपाईं मोनेटाइजेशनका लागि अयोग्य हुन सक्नुहुन्छ।
#उमेर: मोनेटाइज गर्नका लागि तपाईंको उमेर कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्छ।
यी सबै मापदण्डहरू पूरा भएपछि तपाईंले ‘फेसबुक क्रिएटर स्टुडियो’ (Facebook Creator Studio) मा गएर आफ्नो योग्यता जाँच गर्न सक्नुहुन्छ र मोनेटाइजेशनका लागि आवेदन दिन सक्नुहुन्छ। (याे सामाग्री हामीले सामाजिक सञ्जालबाट संकलन गरेका हाैं ।)
प्रतिक्रिया