• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मेलम्ची नगरपालिकामा दुई दिने एआईसम्बन्धी तालिम सम्पन्न

मेलम्ची नगरपालिकामा दुई दिने एआईसम्बन्धी तालिम सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाद्वारा आयोजित दुई दिने कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI) सम्बन्धी तालिम सम्पन्न भएको छ ।

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रलगायतको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा मेलम्ची नगरपालिकाका कर्मचारी, वडा सचिव, वडा प्राविधिक तथा अन्य सम्बन्धित कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

तालिममा एआईको परिचय, यसको व्यावहारिक प्रयोग, सरकारी सेवामा एआईको उपयोग तथा डिजिटल प्रविधिमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिमको सहजीकरण आईटी इन्जिनियर शशिशेखर आचार्यले गर्नुभएको थियो । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई दैनिक कार्यसम्पादनमा उपयोग गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १८, सोमबार १९:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP