काठमाडौँ । नेपालमा दर्ता नभएका फेसबुक, एक्सलगायत केही सामाजिक सञ्जाल बिहीबार रातिदेखि बन्द गरिएको भनिए पनि अहिलेसम्म सञ्चालनमै छन्।
नेपाल टेलिकमले बिहीबार बेलुका सार्वजनिक सूचना जारी गरी अबदेखि दर्ता नभएसम्म ती सामाजिक सञ्जाल बन्द गरिएको भनेकाे थियाे । तर हालसम्म फेसबुक, एक्सलगायतका ती सामाजिक सञ्जाल सञ्चालनमै छन्।
बन्दको निर्णय भएपछि फेसबुक सञ्चालक कम्पनी मेटा र एक्सले सञ्चार मन्त्रालयसँग अनौपचारिकरूपमा छलफल गरिरहेका बताइएकाे छ। प्राविधिक कारणले बन्द हुन केही समय लागेकाे भएपनि आज दिउँसाे दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएकाे छ।
सरकारको निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट (इमेलसहित) सबै सेवा प्रदायकलाई बिहीबार नै पत्राचार गरी २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय पार्न निर्देशन दिइसकेको छ। जसमा फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्विटर (एक्स), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कार्ड, पिन्टरेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, क्योरा, टम्बलर, क्लबहाउस, म्यास्टोडन, रम्बल, मिवि, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो छन्।
प्रतिक्रिया