काठमाडौँ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै दर्ता भएकाे भाइबर डाउनलाेड गरेर सञ्चालन गर्नेहरुकाे संख्या ह्वात्तै बढेकाे छ ।
दर्ता नभएका फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द हुने भएपछि भाइबर चलाउनेकाे संख्या बढेकाे हाे । नेपालमा सबैभन्दा बढी भाइबर डाउनलोड हुन पुगेको छ।
यद्यपी सरकारले बन्द भने पनि कतिपय सामाजिक सञ्जालहरु सञ्चालनमै रहेकाे पनि पाइएकाे छ। जसमा फेसबुक केही समय बन्द हुँदै चल्दै गरिरहेकाे छ ।
सरकारले सामाजिक सञ्जाल सूचीकरण गर्न अन्तिमपटक दिएको एक साताको समय बुधबार सकिएको थियो। यससँगै दुरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न निर्देशन दिएको थियो । त्यसयता सामाजिक सञ्जालहरु अनियमित भइरहेका छन् ।
प्रतिक्रिया